प्रधानमन्त्री कपको तयारी तीब्रः सांसद केसी


प्रधानमन्त्री कपको तयारी तीब्रः सांसद केसी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा यहि १८ देखि छैठौ संस्करणमा प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता हुँदैछ ।  यसका लागि तयारी तीब्र अघि बढेको प्रतियोगिता मुल समारोह समिति संयोजक तथा प्रदेश सांसद कृष्ण केसी‘नमूना’ले बताइन् ।

करिब ३० लाखको लागतमा हुन लागेको उक्त प्रतियोगिताका लागि सांसद नमूनाको सक्रियतामा बाँकेका स्थानीय तहका जनप्रतिनिधी, महिला, बुद्धिजीवी, सञ्चारकर्मी, खेलाडी लगायतसँगको छलफल तथा बहस चलिरहेको छ ।

प्रतियोगिताका लागि संघीय, प्रदेशदेखि स्थानीय सरकार र खेलकुद परिषद्बाट सहयोगको अपेक्षा गरिएको छ । बाँकेका सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित प्रतियोगिता हुँदै आएकोमा यसपटकको प्रतियोगिताको नेतृत्व महिलाबाटै हुन लागेको हो ।

उनकाअनुसार फागुन २२ सम्म हुने उक्त प्रतियोगिताका लागि सार्क राष्ट्रका शीर्ष क्लवलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुने छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

अहिले सांसद केसीले नै उक्त प्रतियोगिताको नेतृत्व गरेकाले यस पटकको उद्घाटन वर्तमान वा पुर्वप्रधानमन्त्रीकै हातबाट हुने र प्रतियोगिता यसअघिका भन्दा फरक सभ्य तथा भव्य हुने जनविश्वास छ ।

छैठौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी दिने घोषणा गरिएको छ ।

उक्त प्रतियोगीता २०७० देखि नेपालगन्जबाट शुरूवात गरिएको हो । तर, नेपाल भलिबल संघले पिएम कपलाई आफ्नो वार्षिक कार्यतालिकामा समेट्न सकेकोछैन ।