पिएम कपः तयारी पुरा, मुख्यमन्त्रीबाट उद्घाटन हुने


पिएम कपः तयारी पुरा, मुख्यमन्त्रीबाट उद्घाटन हुने

नेपालगन्ज: प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकोछ । प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

बाँकेको नेपालगन्जमा भोली १८ गतेदेखि छैठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता हुँदैछ । यसका लागि तयारी तीब्र अघि बढेको प्रतियोगिता मुल समारोह समिति संयोजक तथा प्रदेश सांसद कृष्ण केसी ‘नमूनाुले बताइन् ।

नमुनाले जिल्लाको ईज्जत जोडिएको प्रतियोगिता भएकाले सवैले मिलेर सहयोग गर्नुपर्नेमा जोड दिइन । करिब ३० लाखको लागतमा हुन लागेको उक्त प्रतियोगिताका लागि सांसद नमूनाको सक्रियतामा बाँकेका स्थानीय तहका जनप्रतिनिधी, महिला, बुद्धिजीवी, सञ्चारकर्मी खेलाडी लगायतसँगको छलफल तथा बहस चलिरहेको छ ।

प्रतियोगिताका लागि संघीय, प्रदेशदेखि स्थानीय सरकार र खेलकुद परिषद्बाट सहयोगको अपेक्षा गरिएको छ । बाँकेका सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित प्रतियोगिता हुँदै आएकोमा यसपटकको प्रतियोगिताको नेतृत्व महिलाबाटै हुन लागेको हो ।
उनकाअनुसार फागुन २२ सम्म हुने उक्त प्रतियोगिताका लागि सार्क राष्ट्रका शीर्ष क्लवलाई आमन्त्रण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुने यसअघि आयोजकले जनाएको थियो । तर, विश्वव्यापी आक्रान्त बनाएको कोरोना भाइरसका कारण बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलीडीले यसपटक सहभागिता नजनाउने आयोजकले बताएको छ ।

नेपालगन्ज स्थित रङ्गसालाको कभर्ड हलमा हुने प्रतियोगिताको प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा आईतबार दिउँसो १ बजे भब्य समारोहका बीच उद्घाटन गरिदैछ ।

छैठौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित टूफी दिने घोषणा गरिएको छ । उक्त प्रतियोगीता २०७० देखि नेपालगन्जबाट शुरूवात गरिएको हो ।
बाँके जिल्लाले प्रधानमन्त्री पाउँदा थालिएको प्रतियोगिता हुनुका साथै महिला सशक्तिकरणसंग जोडिएकोले बाँकेका सबै पालिकाका उपप्रमुखहरु गोलबद्ध भएका छन् ।

नेपालगन्जकी उपमेयर उमाथापा मगर, राप्तीसोनारीका उपाध्यक्ष धनकुमारी खत्री, बैजनाथकी शारदा रेग्मी विकले महिला सशक्तिकरणको मुद्दासमेत भएकाले उपप्रमुखहरुको साथ र सहयोग रहेको बताए ।

यसवर्ष नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमीले भाग लिएको बाँके जिल्ला भलिबल संघका अधयक्ष टिएस ठकुरीले बताए । यस्तै भारतीय टिम पश्चिम बंगाल र एसएसबी लखनउ सहभागिता जनाउदैछ ।

प्रतियोगिताको समापन सामाजिक विकास मन्त्री सदर्शन बरालले गर्ने तयारी रहेकोछ । भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दको उपस्थिती रहनेछ ।