नरैनापुर अध्यक्ष कप प्रतियोगिताको उपाधि जयकिसानलाई


नरैनापुर अध्यक्ष कप प्रतियोगिताको उपाधि जयकिसानलाई

नरैनापुर (बाँके):बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबारदेखि शुरु भएको नरैनापुर गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा जयकिसान मावि प्रथम भएको छ ।

छात्रतर्फको १५ सय मिटर दौडमा बाहेक सबै इभेन्टमा जयकिसान मावि प्रथम भएको हो । प्रतियोगितामा महेन्द्र मावि मटेहिया दोस्रो र आदर्श मावि लक्ष्मणपुर तृतीय भएका छन् ।

अनुशासनतर्फ भने आदर्श मावि उत्कृष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले प्रथम, द्वितिय तथा तृतीय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीहरुलाई शिल्ड प्रदान गरे ।

प्रथम र द्वितिय भएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागिता जनाउने जयकिसान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

वडा नम्बर ६ भोजपुरस्थित जयकिसान माविको प्रांगणमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका तीन वटा माविका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।

तीन विद्यालयका ८९ जना विद्यार्थी सहभागी प्रतियोगितामा १०० मिटर दौड छात्रछात्रा, २०० मिटर दौड छात्रछात्रा, लङ्गजम्प, हाईजम्प, कबयी, भलिबल लगायत १५ इभेन्ट सञ्चालन गरिएको थियो । प्रतियोगिताको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गरेका थिए ।