नेपालले पायो १५५ रनको लक्ष्य


नेपालले पायो १५५ रनको लक्ष्य

नेपालगन्जः थाइल्याण्डको बैंककमा जारी एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालले १ सय ५५ रनको लक्ष्य पाएकोछ । टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रनको चुनौती दिएकोछ ।

हङकङका लागि निजकान्त खान मोहम्मदले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए । त्यस्तै हारुन मोहम्द असरफले २७ तथा जेम्स जोनले १३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सुुसन भारीले समान २ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । प्रतियोगिताको उत्कृष्ट दुईमा रहन नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन् । राउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

शनिबार नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४–४ पटक विजयी भएका छन् ।