कोहलपुरमा देशभरका कराँते खेलाडी


कोहलपुरमा देशभरका कराँते खेलाडी

नेपालगन्ज : देशभरका कराँते खेलाडीहरु बाँकेको कोहलपुरमा आउनेभएकाछन् । राष्ट्रिय स्तरको गोजुरीयो कराँते डो प्रतियोगिताका लागि देशभरका कराँते खेलाडी कोहलपुर आउन लागेका हुन् ।

राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, प्रदेश ५ समितिको आयोजनामा आगामी फागुन २४ र २५ गते राष्ट्रिय स्तरको गोजुरीयो कराँते हुदैछ ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ स्थित बागेश्वरी ईङ्गलिस मिडियम स्कुलको प्राङ्गणमा हुने प्रतियोगितामा देशभरबाट ४ सय बढि खेलाडी सहभागिता हुनेछ ।

प्रतियोगिता अन्तर्गत काँता र कुबिन्तेतर्फ विभिन्न २८ वटा विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनोटमा परेका खेलाडीहरुले सन् २०२० मा नेपालमै आयोजना हुने साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशीपमा सहभागिता जनाउने प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नम्बर प्रदेश समिति प्रमुख रमेश कुमार डाँगी बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रदेश ५ की कृषि, सहकारी तथा भुमी ब्यवस्था मन्त्री आरती पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने तयारी गरेको आयोजकले जनाएकोछ । प्रतियोगिताको मुख्य प्रायोजक शिवशिखर एग्रो प्रालिले गरेकोछ ।