पिएम कप: उपाधिका लागि पुलिस र एपिएफ भिड्दै


पिएम कप: उपाधिका लागि पुलिस र एपिएफ भिड्दै

नेपालगन्ज:छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्दैछन् ।

नेपालगन्ज रङ्गशाला स्थित कबर्ड हलमा भइरहेको प्रतियोगितामा उपाधीका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच उपाधीका लागि प्रतिस्प्रर्धा हुनेछ ।

यसअघि हिजो भएको प्रतिस्प्रर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन् । एपिएफले होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० र पुलिसले त्रिभुवन आर्मी क्लवलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

गत संस्करणको विजेता समेत रहेको एपिएफ र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा यसअघि २२ गते फाइनल खेल हुने भनिएपनि कम टिम सहभागी भएका कारण २१ गते बुधबार नै फाइनल खेल गर्ने तय भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी विभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ ।