कोरोना रोक्न नेपालगन्ज–रुपैडिहा नाकामा स्वास्थ्य टिम सहित नेपाली सेना । तस्विर: दामोदर भण्डारी/ सेतोखरी
नेपालगन्जः कोरोनाको संक्रमण रोक्न नेपालगन्ज–रुपैडिहा नाकामा सेना परिचालन गरिएको छ ।
शनिबार विहानदेखि नेपाली सेना नेपालगन्ज–रुपैडिहामा तैनाथ भएर बसेकोछ । सेनाका साथै नेपाल प्रहरी र शसस्त्र प्रहरी पहिलेदेखि नै नाकामा निगरानी गरिरहेका छन् ।

प्रहरी र सेनाको निगरानीमा स्वास्थ्यकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको शरीरको तापमान मापन गर्ने गर्दछन् । कोरोना नभित्रियोस् भनेर सजगता अपनाउदै यस नाकामा चेकजाँचका लागि हेल्प डेस्क खडा गरि मेसिनबाट शरीरको तापमान मापन गरिएकोछ ।
नेपालगन्जको चौलिका चोकबाटै करिब ३ किलोमिटर टाढैबाट साईकलदेखि सम्पूर्ण यातायतका साधन सीमासम्मनै रोक लगाइएकोछ । पैदल ओहोरदोहोर गर्नेलनाई चेक जाँचगरेर भित्रिन दिनेगरेको जमुनाह प्रहरी चौकीका ईन्चार्ज माधव रिजालले बताए ।
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’