नेपालगन्ज : बाँकेको नरैनापुरमा प्रथम नरैनापुर दौड प्रतियोगिता २०७५ हुने भएको छ । सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड हुन लागेको हो । बिकासे गतिको रफ्तार लिएको नरैनापुर क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले माघ १९ गते नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको हो ।
नरैनापुर गाउँपालिकाको सहयोग तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दौडको आयोजना गर्न लागेको हो । नरैनापुरमा हुने दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताए ।
उनकाअनुसार दौड प्रतियोगिताले त्यस क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासनसहितको सचेतना अभिबृद्धि गर्नेछ भने प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।
नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमा नाकादेखि शुरु हुने दौड नरैनापुर गाउँपालिकामा पुगेर समापन हुनेछ । गाउँपालिकादेखि सुईया सिमा ५ किलोमिटरको दुरीमा रहेको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?