नेपालगन्ज : कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अन्तर कक्षा भलिबल प्रतियोगिताको बिहीबारबाट शुरू भएको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिको आयोजनामा प्रतियोगिता शुरू भएको हो ।
विद्यार्थीहरूले पाठ्यक्रमले तोकेको विषय वस्तुसँगै अतिरिक्त क्रियाकलापमा सहभागि हुन आवश्यक रहेको क्याम्पस प्रमुख शिशिरकुमार शर्माले बताए । उनले खेलकुदको माध्यमबाट देशलाई विश्वभरी चिनाउन सक्ने भएकाले खेलकुदले व्यक्तिको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति रामप्रसाद पाण्डेले संघले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका अन्य कार्यक्रमको सुरुवात पनि गर्ने बताए ।
प्रतियोगितामा ४ वटा टिमले सहभागी भएका छन् । प्रतियोगितामा बिबिएस द्वितीय वर्षको टिम र कक्षा १२ को टिम फाईनलमा प्रवेश गरेको छ । फाईन खेल शुक्रबार हुने आयोजकले जनाएको छ । विजेता टिमलाई ८ हजार र उपविजेता टिमलाई ६ हजार पुरस्कार राशी रहेको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?