करिब पाँच सय बढी नेपाली ल्याइदैं उत्तिकै मात्राका भारतीय पठाइदैं
नेपालगन्ज: कोरोना भाइरसका कारण जारी लकडाउन र नेपाल–भारत सीमा बन्दमा अलपत्र परेकालाई पठाउने र ल्याउने तयारी गरिएको बुझिएकोछ ।
बाँकेमा रहेका करिब ५ सय बढि भारतीय र नेपाल–भारत सीमा रुपैडिहामा रहेका करिब ५ सय बढी नेपालीलाई पठाउने र ल्याउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज सई माधव रिजालले जानकारी दिए ।
बाँके प्रशासन र भारतको बहराईच जिल्लाका डिएमबीच भएको समन्वयले सीमामा अलपत्र परेका पाँच सय बढि नेपाली नेपाल भित्र्याउने तयारी गरिएको हो । भने नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएका भारतीयलाई पठाउने तयारी गरिएको हो ।
जमुनाह प्रहरी ईन्चार्ज सई माधवले सेतोखरीसंग कुरा गर्दै भने–‘नेपालमा रहेका करिब पाँच सय बढी भारतीयलाई आज रुपैडिहा पठाउने र रुपैडिहामा त्यतीकै मात्रामा रहेका नेपालीलाई नेपाल भित्र्याउने तयारी भएकोछ ।’
लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमामा अलपत्र परेका पाँच सय बढि नेपालीलाई नेपाल भित्र्याइदैछ । नेपाल भित्र्याईका केहीलाई बाँकेका विभिन्न स्थानका क्वारेन्टिनमा राखिनेछ भने अन्यत्र जिल्लाका केहीलाई सम्बन्धित जिल्लामा बुझाईनेछ । जमुनाह प्रहरी ईन्चार्ज सई रिजालले भने–‘दुई देशका अधिकारीबीच भएको सहमति अनुसार अहिले बेलुका ४ बजे ती नागरिकलाई पठाउने र ल्याउने तयारी भएकोछ ।’
पछिल्लो समय नेपाल–भारतसीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि नेपालमा कोरोना भाइरस संक्रमणको दर बढिरहेकोछ ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी