नेपालगन्ज नर्सिङ्गहोम अगाडी बीच सडकको खाल्डोमा अड्किएको स्कारपियो गाडी । सोमबार राती साढे ९ बजे सो गाडी उक्त खाल्डोमा अड्किएको हो । नर्सिङ्गहोमको मुख्य प्रवेशद्वारमा आफूखुसी खानेपानी सस्थानले पानी पाइप मिलाउने बहानामा सडक खन्दा बनेको खाल्डोमा गाडी फसेको प्रत्यक्षदर्शी बताउँछन् । चालकको सावधानीले दुर्घटना भने हुनसकेन । चारलेनको कालोपत्रे सडकमै यसरी गाडी फसेपछि सोमबार राती उक्त सडक अबरुद्ध भएको थियो ।
गाडी फसेपछि ठूलो जनशक्तिको प्रयोग गरि खाल्डोबाट आधा घण्टापछि गाडीलाई निकालिएपनि उक्त खाल्डो पूर्ने वा मर्मत गर्ने विषयमा खानेपानि कार्यालय, सडक र नेपालगन्ज उपमहानगरपालिका यी तिनै निकायको अहिले सम्म ध्यायन दिन सकेका छैनन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?