नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा देखिएको सलह । तस्विर सौजन्य: भगवती शाही
नेपालगन्ज : नेपालगन्जको आकाशमा सलहको झुण्ड देखिएकोछ । नेपालगन्जको पूर्वी क्षेत्रहुदैं बिहीबार विहान नेपालगन्ज आकाशमा ठूलो संख्यामा सलह आएकोछ ।
केहीबेर अघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ पुरैना पुरैनी क्षेत्रमा देखिएको सलह यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ सेतु विक चोक, न्यूरोड नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, १८, ४ धम्बोझी, कारकाँदो, गणेशपुर, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क लगायतको क्षेत्रमा देखिएको छ ।
यसअघि हिजो बुधबार मात्रै बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो ।
नेपालगन्ज सहरको आकाशमा सलह देखिएपछि स्थानीयहरु त्रसिद बन्नुका साथै सलह हेर्नकै लागि घरबाहिर, घरको छत तथा सडकमा स्थानीयको भिड समेत लागेको छ । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार सलह प्रबेश गरेपछि गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेको थियो ।
यद्यपी बाँकेका विभिन्न क्षेत्रमा सलह देखिएसगैं किसान चिन्तित बनेकाछन् । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको सलह नरैनापुर गाउँपालिकाको गंगापुर हुदै हिजो बुधबार डुडुवामा प्रबेश गरेको थियो भने यतिबेला सलहको झुण्ड नेपालगन्ज सहरको आकाशमा बाक्लो रुपमा देखिएकोछ ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी