कोहलपुर : बाँकेको कोहलपुरमा अत्याधुनिक ‘फिटनेस क्लब’ सञ्चालनमा आएको छ । कोहलपुर क्षेत्रमै पहिलोपटक सो फिटनेस क्लब सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त फिटनेस क्लबको औपचारिक सुरुवारत गरिएको हो ।

शारीरिक अभ्यासका लागि युवालाई ध्यान दिँदै ओम फिटनेस एण्ड अर्ड सप्लायर्स सञ्चालनमा आएको हो । सञ्चालनमा आएको उक्त क्लबको कोहलपुर नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष कर्ण थापा एवं राप्रपाका केन्द्रिय सदस्य तथा यूवा नेता ऋषीराज देवकोटाले सामुहिकरुपमा उद्घाटन गरे ।

नेपालगन्जमा सञ्चालित ओम फिट्नेस एण्ड अर्डर सप्लायर्सले आफ्नो पहिलो शाखाका रुपमा बाँकेको कोहलपुरमा सो सेन्टर सञ्चालनमा ल्याएको ओम फिट्नेसका सञ्चालक लवराज श्रेष्ठले जानकारी दिए ।
शारीरिक अभ्यासका लागि यस्ता खालका फिटनेस क्लबहरूले राम्रो काम गर्दै आएको कार्यक्रममा सहभागिहरुले बताएकाछन् । युवा तथा व्यवसायीहरूले दैनिक रूपमा बिहान वा बेलुका केही समय निकालेर अभ्यास गर्नुपर्नेमा जोड वडा अध्यक्ष थापाले जोड दिए । उनले स्वास्थ्य मानिसका लागि आवश्यक भएकाले आफ्नो व्यस्तताबाट थोरै भए पनि शरीर र स्वास्थ्यका लागि समय खर्चिनुपर्ने बताए ।

शाखा उद्घाटन पछि बोल्दै ओम फिटनेस क्लबका सञ्चालक तथा प्रशिक्षक लवराज श्रेष्ठले वयष्कले मात्र जिम गर्नुपर्छ, भन्ने गलत धारणा रहेको बताउँदै शरीर सन्तुलनमा राख्न सबैका लागि जिम आवश्यक रहेको बताए । जिम भनेको ‘रामवाण’ औषधी हो, जिमले रोगस“ग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै, सुन्दर तथा आकर्षक शरीर बन्ने उनले बताए । उनले रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरीर तथा व्यवहार परिवर्तनको उपयुक्त थलो जिम रहेकाले सामान्य मानिसलाई दिनहुँ करीब डेढदेखि २ घण्टासम्म जिम आवश्यक रहेको सञ्चालक श्रेष्ठको भनाइ छ ।

सो क्लबले एरोविक अभ्यासमार्फत मोटोपन घटाउने, पाचन शक्ति बढाउने र रक्तसञ्चारमा फाइदा पु¥याउने उनको भनाइ छ । यसैगरी मेशिनमार्फत मानिसहरूको मसाजसमेत गरिनेछ । सो कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश पाँचका अध्यक्ष भीम ओलीले शाखा सेन्टर उद्घाटनसगैं मिसन आठौं राष्ट्रिय खेलकुदलाई समेत टेवा पु¥याएको बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
शुक्रबार, असोज २, २०८३
हल्लाबिना नै तयार हुन लाग्यो नेपालगन्जमा किरियापुत्री घर
आइतबार, मंसिर २, २०८१
बाँकेमा व्यावसायिक तरकारी प्रर्वद्धन गर्दै केन्द्र, छानिए दुई पालिका
शुक्रबार, कात्तिक २३, २०८१
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी