नेपालगन्ज : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज मंगलवार सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदय नमूना मावि प्रथम, धु्रबतारा मावि द्वितिय र गुराँस मावि तृतीय भएका छन् ।

सफल विद्यालय तथा विद्यागत विजेता खेलाडीलाई जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनार, खेलकूद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलगायतले शिल्ड, ट्रपी तथा प्रमाणपत्र वितरण गरे ।
निमावितर्फ नेरा मावि मनकामनापुर प्रथम, जेनिथ मावि खजुरा दोस्रो र अरुणोदय मावि खजुरा तेस्रो भएका छन् । समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आगामी वर्षदेखि शैक्षिक क्यालेण्डरमा मंसिरको अन्तिम साता अथवा पुसको पहिलो हप्तामै मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता संचालन गरिने बताए ।

प्रावितर्फ ६, निमावि १७ र मावितर्फ ३१ खेलमा प्रतिस्पर्धा गराइएको सचिवालय प्रमुख यमनारायण महतोले जानकारी दिए । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार प्रदान समेत गरिएको थियो भने निवावितर्फ क्रमश ः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी