नेपालगन्ज : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा गएराति पहिरो जाँदा बेपत्ता भएका मध्ये १३ जनाको परिचय खुलेको छ भने ११ जनाको शव फेला परेको छ ।
ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीसगैं पहिरोले ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहीन भएका थिए ।
उनीहरुमध्ये ढोरपाटन नगरपालिका– ९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत पुन, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीय कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्ती मगर रहेका छन् ।
त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षकै दिलमाया घर्ती मगर, उनको छोरा नाम नखुलेको ६ वर्षी बालक, ५५ वर्षीय डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । प्रहरी निरीक्षक भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।
बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झण्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । बाढि र पहिरोमा बेपत्ता भएकाहरुको खोजी भैरहेकाले संख्या बढ्न सक्ने उनले जानकारी दिए यसबीच नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत घटनास्थल पुगेकाछ ।
स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेर गाउँमा क्षति पुर्याएको छ ।
यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल