कोरोना कहर : त्रिभुवन चोकको श्रमबजार रामलिला मैदानमा स्थान्तरण


कोरोना कहर : त्रिभुवन चोकको श्रमबजार रामलिला मैदानमा स्थान्तरण

रामलिला मैदानमा कामको पर्खाइमा रहेका श्रमिकहरु । तस्विर सौजन्य : नरेशबाबु श्रेष्ठ

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जको त्रिभुवन चोकमा लाग्ने श्रम बजारलाई रामलिला मैदानमा सारिएको छ । योसगैं नेपालगन्जको सबैभन्दा पुरानो श्रमबजारको गन्तब्य रामलिला मैदान बेनेकोछ ।

कोरोना भाइरस महामारीका कारण नेपालगन्जको ईतिहासमै पहिलोपटक त्रिभुवन चोकमा लाग्दै आएको श्रम बजार स्थान्तरण गरिएको हो । जहाँ छिमेकी देश भारतका बाबागञ्ज, नानपारादेखि छिमेकी जिल्ला बर्दिया र बाँकेका विभिन्न स्थानबाट बिहान सबेरै कामको खोजिमा श्रमिकहरु त्यहाँ आउने गर्दथे ।

यसअघि देशमा भएका विभिन्न राजनीतिक परिर्वतन होस् वा दश वर्षे शसस्त्र द्वन्द्वको समयमा समेत प्रभावित नबनेको त्रिभुवन चोकको श्रम बजार अन्ततः कोरोना माहामारीका कारण बाँके प्रशासनले स्थान्तरण गर्न सफल भएको हो ।

रामलिला मैदानमा कामको पर्खाइमा रहेका श्रमिक । तस्विर सौजन्य नरेशबाबु श्रेष्ठ

दिनहुँ एकाविहानैदेखि ११ बजेसम्म सयौंको संख्या श्रमिकहरुको लाग्ने भीड, भीडमै फस्टाएको खाजा नास्ताको ब्यापारले नेपालगन्जको छुट्टै पहिचान स्थापित गरिसकेको थियो । तर, आज आईतबारबाट यो दृष्य सधैका लागि बन्द भएकोछ । त्रिभुवन चोकले आफ्नो स्वरुप फेरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

श्रम तथा सीप बेचेर आफ्नो जिविकोपार्जन गर्न आउने श्रमिक र श्रमिक खोज्न आउनेका लागि सहज र अनुकुल बनेको थियो त्रिभुवन चोक । त्रिभुवन चोकबाट श्रमिकहरुलाई स्थान्तरण गरिएपछि दिनहुँजसो कोलाहल र अस्तब्यस्त बन्ने त्रिभुवन चोक सुनसान देखिएको थियो ।

श्रमबजार रामलिला मैदान सारिएपछि सुनसान बनेको त्रिभुवन चोक । तस्विर सौजन्य नरेशबाबु श्रेष्ठ

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोनाको जोखिमकाका कारण त्रिभुवन चोकमा लाग्ने श्रम बजारलाई उचित ब्यवस्थापनसगैं रामलिला मैदानमा सारिएको बताए ।

योसगैं आईतबारदेखी काम खोज्ने श्रमिक र श्रमिक खोज्ने मालिकहरु रामलिला मैदानमा धाउनुपर्ने छ । त्रिभुवनचोकको साँघुरो ठाउँमा दैनिक ठूलो संख्यामा श्रमिहरु काम खोज्दै आउने गरेका छन् । त्यसरी काम खोज्न आएका श्रमिक तथा अन्य समेतको उपस्थितीले कोरोनाको जोखिम बढेपछि खुल्ला ठाउँका रुपमा सारिएको फोकल पर्शन श्रेष्ठले बताए ।

खुला र फराकिलो रामलिला मैदानमा सामाजिक दूरी कायम गर्न र गराउन सहज छ । तर, रामलिला मैदानमा सारिएको श्रमबजारमा पिउने पानी, शौचालय र सितलताका लागि छहारी नभएको श्रमिकहरुले गुनासो गरेकाछन् । श्रमिकहरुबाट आएको यी गुनासालाई छिटै समाधान गर्ने तयारी भएको समेत फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

आईतबार बिहान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, नेपालगन्ज उपमहानगरपालिका मेयर डाक्टर धवल शम्सेर राणा, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, उपमेयर उमा थापा मगर लगायतको सक्रियतामा त्रिभुवन चोकको श्रमबजार स्थान्तरण गरिएको हो ।
यसअघि यहाँ आएका केही श्रमिकमा कोरोना पोजेटिभ पाइएको थियो । यद्यपी दशकदेखी काम तथा श्रमिक खोज्ने त्रिभुवन चोकको उचित व्यवस्थापन हुन नसक्ने स्थानीयले आशंका ब्यक्त गरेकाछन् ।

त्रिभुवन चोकको साँघुरो बाटामा कामको खोजिमा रहेका श्रमिक र श्रमिक खोज्दै आउने ब्यक्तिको दृष्य नेपालगन्जको पहिचान नै बनिसकेको थियो ।

आम सर्वसाधरण तथा श्रमिकहरुका लागि सहज श्रम बजार बनेको त्रिभुवन चोकबाट रामलिला मैदानमा सारिएसगैं स्थानीय ब्यापारी रुष्ट भएकाछन् । लामो समयदेखि श्रमिकलाई लक्षित गर्दै सो क्षेत्रमा ठेला तथा सटरका भवनमा खाजा नास्ताका पसल सञ्चालन हुदै आएकाछन् ।