नेपालगन्ज : नेपालगन्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । आगामी चैतको पहिलो सातादेखि हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र क्षेत्रीय खेलकूद विकास समितिका पदाधिकारी रातदिन खटिएका छन् ।
रगशालामा भइरहेको भौतिक पूर्वाधार निर्माणका कामको अवस्थाको मूल्याङ्कन गरेर मात्र राखेपले मिति तोक्ने जनाएको छ । त्यसैले चैतको पहिलो साता भनिए पनि ठ्याक्कै मिति भने नतोकिएको क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भीम ओलीले बताए ।
मङ्सिरमै गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद यसअघि बजेट निकासा समयमै नहुँदा, ठेकेदारद्वारा निर्माणमा भएको ढिलाइ, तेस्रो मुलुकबाट समयमा निर्माण सामग्री आइनपुग्नु र प्रतिकूल मौसमका कारण पर धकेलिएको हो । अहिले रंगशालास्थित कवर्डहलको स्तरोन्नतिको काम सकिएको छ ।

रंगशाला क्षेत्रको बाहिर रहेको कवर्डहलको छाना आधुनिक बनाइएको छ भने फ्लोरिङ गर्ने काम पनि सकिएको छ । रंगशालाको मुख्य खेलमैदानमा बंगलादेशबाट खरीद गरेर ल्याइएको बर्मुडा घाँस (दुबो) रोप्ने काम पनि सकिएको छ । गत माघको अन्तिम सातादेखि झण्डै एक सातासम्म पटकपटक पानी परेकाले निर्माणको काम केही प्रभावित भएको बताइएको छ । अध्यक्ष ओलीका अनुसार रंगशालामा झण्डै १८ करोडको लागतमा पौडीपोखरी र २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । रंगशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेन्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सुटिङका लागि आवश्यक एअरपेस्तोल र एअरगन खरीदको प्रक्रियासमेत अगाडि बढिसकेको क्षेत्रीय खेलकूद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए । बाँकेको कोहलपुर क्रिकेट मैदान वरिपरि पर्खाल, दाङको बेलझुण्डीमा २५ करोडको लागतमा रंगशाला र बर्दियाको गुलरिया तथा
ठाकुरद्वारामा खेलमैदान र कवर्डहल मर्मत तथा निर्माणको काम पनि धमाधम भइरहेको बताइएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई मष्कटका रुपमा पारित गरिएको छ । केही समयअघि खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षासमेत गरेको थियो ।
प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नम्बर ५ र त्यसअन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न पटकपटक आग्रह गर्दै आएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने क्षेत्रीय अध्यक्ष ओलीले जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी