जिल्ला ट्राफिकका बम र वडा प्रहरीका बस्नेतको सरुवा


जिल्ला ट्राफिकका बम र वडा प्रहरीका बस्नेतको सरुवा

नेपालगन्ज : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

सरुवा सूची अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरीक्षक पविन्द्र बमको महानगरिय ट्राफिक प्रहरी महाशाखाको गस्ती शाखा काठमाण्डौमा सरुवा भएको छ । भने उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राजु भण्डारीको सरुवा भएकोछ ।

यसैगरी वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाण्डौंको चोरी अपराध अनुसन्धान शाखामा सरुवा भएकोछ । उनको स्थानमा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महिला तथा बालबालिका अपराध अनुसन्धान शाखा महाराजगञ्ज काठमाण्डौंमा कार्यरत प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको सरुवा भएकोछ ।

यस्तै ईलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेका प्रहरी निरीक्षक पोषणराज थपलियाको महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएकोछ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाण्डौंको चोरी अपराध अनुसन्धान शाखामा कार्यरत वसन्त आचार्यको सरुवा भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा कार्यरत प्रहरी निरीक्षक मान बहादुर विसीको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व सरुवा भएको छ । भने उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत वसन्त गौतमको सरुवा भएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरीक्ष रण बहादुर विष्टको ईलाका प्रहरी कार्यालय गणेशपुर, कपिलबस्तु सरुवा भएकोछ । उनको ठाउँमा ईलाका प्रहरी कार्यालय रोल्पामा कार्यररत ईश्वर देव गिरी सरुवा भएकाछन् ।

यसैगरी ५ नम्बर शसस्त्र प्रहरी गण गुल्म नम्बर १, कोहलपुर बाँकेमा कार्यरत विवेक कुमार शाहले आवकाश पाएपछि उनको ठाँउमा ईलाका प्रहरी कार्यालय ठाटीपोखरी गोरखामा कार्यरत गिताप्रसाद चौधरीको सरुवा भएकोछ ।

सीमा प्रहरी चौकी दार्चुलामा कार्यरत दामु पुनको कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर १, सुर्खेत हाल खजुरा बाँकेमा सरुवा भएकाछन् ।

त्यसैगरी ५ नम्बर प्रदेश शसस्त्र प्रहरी गण गुल्म नम्बर २, कोहलपुरमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र बहादुर हमाल अनिवार्य अवकाश प्राप्त गरेपछि उनको स्थानमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल, काठमाण्डौमा कार्यरत प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठको सरुवा भएकोछ ।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।