नेपालगन्ज : कोहलपुरका साईकलप्रेमीहरु संगठित भएका छन् । साईकलप्रेमी जनक केसीको संयोजकत्वमा ७ सदस्यीय साईक्लिङ क्लबको तदर्थ समिति गठन गरिएको छ ।
मुटु दिवसको अवसर पारेर ‘साईकिलिङ्ग गरौं, मुटु स्वस्थ राखौ’ भन्ने नाराकासाथ मंगलबार कोहलपुर क्षेत्रका युवाहरुको भेलाले साईकिलिङ्ग क्लब गठन गरेको हो ।
७ सदस्यीय समितिको सह–संयोजकमा कमल राज शर्मा, सचिवमा पारसमणी आचार्य, कोषाध्यक्षमा चुनु भण्डारी एवं सदस्यहरुमा पदम आचार्य, गंगाराम भण्डारी र अमित पाठक चयन भएका छन् ।
साथै मंगलबारको भेलाबाट केशर बहादुर आले संरक्षक एवंं नेत्र बहादुर थापा, चन्द्र बहादर आलेमगर, राम बहादुर वस्नेत, विष्णु किरण आचार्य र कमल पछाँइ सल्लाहकार समितिमा चयन भएका छन् ।
भेलाले यथाशिघ्र विधान मस्यौदा तयार पारेर क्लबलाई बैधानिक रुपमा पूर्णता दिने निर्णय समेत गरेको छ । उक्त भेलाले जनक केसीको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा कमलराज शर्मा र पारसमणी आचार्य रहेका छन् ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?