नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीलाई कोरोना भाइरस लागेकोछ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए ।
मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पीसिआर परीक्षण गरिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेटका खेलाडीहरु सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणका लागि आइनसकिएको जनाइएको छ ।
बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति