नेपालगन्ज : फुटबलका विश्व विख्यात खेलाडी म्याराडोनाको निधन भएकोछ ।
विश्व विख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा आज (बुधबार) मृत्यु भएको बीबीसीले जनाएको छ ।
अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो ।
दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको हो ।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए । उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए ।
अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् । म्याराडोनालाई विश्वका महान् फुटबल खेलाडीहरुमध्येको एक मानिन्छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?