कोरोना भाइरस संक्रमणकाबीच भारतमा रहस्यमयी रोग देखियो


कोरोना भाइरस संक्रमणकाबीच भारतमा रहस्यमयी रोग देखियो

नेपालगन्ज : भारतको आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लाका ५ सय बढि ब्यक्तिमा रहस्यमयी रोग देखा परेकोछ । गोदावरी जिल्लाका तीन लाखभन्दा बढी जनसंख्या भएको एलुरु शहरमा यस्तो रहस्यमयी रोग देखा परेको हो ।

कोरोना भाइरस संक्रमणकाबीच ती संक्रमित ब्यक्तिको रगतमा सीसा र निकल भेटिएकोछ । शनिबार बेलुकादेखि ५ सय बढीलाई यो रोगले गाँजिसकेको छ भने एक व्यक्तिको मृत्यु पनि भइसकेको छ ।

संक्रमित ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखिएकोछ । जसमा मानिसहरुलाई छारे रोग लागेजस्तै हुने र त्यसपछि बेहोस भइरहेका थिए । यद्यपी उनीहरु चाँडै नै निको पनि भइरहेका थिए । फेरि केही घण्टा भित्र नै उनीहरु अस्पतालबाट छुट्टी लिन लायक पनि हुन्थे ।

इन्डियन एक्सप्रेसका अनुसार राज्यका स्वास्थ्यमन्त्री ए. क. कृष्णा श्रीनिवासले प्रभावित ५१० मानिसमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र अहिलेसम्म एक व्यक्तिको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य अधिकारीले यसको कारण खराब खाना र पानी हो कि भन्ने आशंका गरेका छन् । नयाँ दिल्लीमा एम्सको एक टिमको प्रारम्भिक रिपोर्टमा रगतको नमूनामा सीसा (लेड) र निकल भेटिएको छ ।