लमही : दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्र्तगत पहिलो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ ।
देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउदै लुम्बिनी प्रदेशले आफ्नो विजयी शुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर २ ले दिएको ७८ रनको लक्ष्य पछाएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।
लुम्बिनीका लागि ओपनर गीता गोसाइले सर्वाधिक २३ रनको योगदान गरिन् । त्यस्तै सरस्वतीले २२ रन बनाउँदा कप्तान नेरी थापाले १५ रन बनाउन सफल भइन् । यस्तै प्रदेश २ का लागि कविता गौतमले एक विकेट लिन सफल भइन् । प्रदेश २ का लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रनको योगदान गरिन् । प्रदेश दुईका लागि विमला मगरले १० रन बनाउन सफल भइन् । बलिङतर्फ सुस्मिता भुसालले सर्वाधिक तीन विकेट लिइन् ।
शनिबार भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले हराएको छ । एपीएफले दिएको २३६ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा मात्र ३१ रन बनाउन सक्यो । कर्णालीका लागि कप्तान लक्ष्मि रावलले ६ रन बनाइन् । दीक्षा पुरीले ५ रन बनाउँदा तिर्शना विश्वकर्माले २ बनाइन् । एपीएफका लागि करुणा मण्डारीले सर्वाधिक ५ विकेट लिन सफल भइन् । राजमती ऐरीले दुई विकेट लिइन् ।
त्यस्तै सोनु खड्का र रेखा रावलले एक–एक विकेट लिन सफल भइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धातिर २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाउन सफल भएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले अर्धशतकीय पारी खेलिन् । यो संस्करणको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५९ बलमा ८ चौका प्रहार गरेकी थिइन् ।
त्यस्तै एपीएफका लागि सीता मगरले ४४ रन बनाउँदा जोती पाण्डे ३२ तथा इन्दु बर्माले २२ रन को योगदान गरिन् । बलिङतर्फ कर्णालीका लागि दीक्षा पूरीले दुई विकेट लिँदा निशा प्राजुरी र अन्जु गुरुङले समान एक–एक विकेट लिन सफल भइन् ।
प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा कर्णाली प्रदेशले बिहान ९ बजे लुम्बिनीसँग खेल्नेछ भने दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामाना गर्नेछ ।
दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको प्रतियोगितामा विभागिय एपिएफको टिमसहित ७ वटै प्रदेश गरी जम्मा ८ ओटा टिमले सहभागिता लिएकाछन् ।कोरोना भाइरस संक्रमका कारण करिब ९ महिना प्रभावित भएको खेलकुद क्षेत्रमा क्रिकेट प्रतियोगीता पुनः शुरु हुँदा खेलाडीहरु उत्साहित भएका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएकोछ । आयोजकका अनुसार आठ ओटा टिमलाई दुई समुहमा विभाजन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यस्तै ‘वि’ समुहमा सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेकाछन् ।
आयोजकका अनुसार दैनिक दुई ओटा प्रतियोगीता भइरहेकोछ । प्रतियोगिताको पहिलो खेल भने लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ का खेलाडीविचमा विहान खेल भएको हो । भने दोस्रो खेल एपिएफ र कर्णाली प्रदेशविच भएकोछ ।
यस्तै पुस १२ गते आईतबार बिहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशविच हुनेछ भने सोही दिन दिउँसोको खेल एपिएफ र प्रदेश नम्बर २ विच हुनेछ ।
यसैगरी पुस १३ गते प्रदेश नम्बर २ र कर्णाली प्रदेशविचमा खेल हुने छ । भने दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशविच खेल हुनेछ ।
त्यसैगरि पुस १४ गते सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशविचमा खेल हुनेछ । भने दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नम्बर १ का विच खेल हुने आयोजकले जनाएको छ । यस्तै पुस १५ गते सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ विच प्रतिस्प्रर्धा हुनेछ भने सोही दिन दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशविच प्रतिस्प्रर्धा हुनेछ ।
त्यसैगरि पुस १६ गते विहानको खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विच हुनेछ भने दिउँसो गण्डकी प्रदेश र प्रदेश नम्ब १ का विचमा खेल हुनेछ । आयोजकका अनुसार पुस १७ गते सेमिफाईनल खेल हुने छ । जसका लागि विहान ‘ए’ गु्रपको विजेता र ‘वि’ गुप्रको रनर अफ विचमा हुनेछ । त्यस्तै दिउँसोको सेमिफाइनल खेलमा बिजेता गुप्र ‘वि’ र रनर अफ गुप्र ‘ए’ का विचमा हुनेछ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।
आयोजकका अनुसार शनिबारबाट शुरु भएको क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट प्रत्येक्ष प्रशासरण गरेकोछ । डिसहोम र क्यानबिच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’