नेपालगन्ज : दाङको लमहि स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेकोछ । आईतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जितेको हो । योसंगै प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको छ ।
उपाधिका लागि भएको आक्रमक एवंम रोमाञ्चक खेलमा प्रदेश १ ले साविकको विजेता एपीएफलाई सहजै पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको प्रदेश १ ले विभागीय टिम एपीएफलाई ६ रनले हरायो । प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभरमा सात विकेट गुमाउँदै जम्मा ९९ रन बनाउन सक्यो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान दिइन । यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोती पाण्डेले १४ रनको योगदान दिइन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रीले २ विकेट लिइन् । त्यस्तै अलिसा खाडियाले पनि दुई विकेट लिदाँ संगिता राईले एक विकेट लिइन् ।
प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाएको थियो । प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान दिइन् । भने ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भएकी हुन् ।
प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट हुदैँ २९ रनको योगदान गरिन् । त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भइन् ।

साबिक विजेता एपीएफले यसपालि पनि उपाधि हात पार्ने होडमा मैदानमा उत्रिएको थियो । यता पहिलोपटक फाईनलमा पुगेको प्रदेश १ नयाँ विजेता बन्ने लक्ष्यका साथ मैदान कडारुपमा उत्रिएको थियो ।
कोरोना भाइरस संक्रमणकाबीच लामोसमयपछि पुरानै लयमा फर्किएको खेलक्षेत्र पिएम कपको फाइनल खेलमा उल्लेख्य दर्शक पाएको थियो । पारिलो घाममा क्रिकेट खेलको मजा लिन दर्शक लमही क्रिकेट मैदानमा पुगेका थिए । उल्लेख्य मात्रामा उपस्थित दर्शकले खेलाडीको मनोबल बढाउँदै चर्को हुटिङ्ग समेत गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ भने उप–विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गरिएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’