नेपालगन्ज : माघको पहिलो साता खजुरा गाउँपालिका–२, गौघाटमा योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७७ सञ्चालन हुने भएको छ । मंगलबार नेपालगन्जमा भलिबल प्रतियोगिता सञ्चालक समितिले पत्रबार सम्मेलनमार्फत् प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
प्रतियोगिता सञ्चालन रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबको सयुक्त आयोजनामा सञ्चालन हुनेछ । जसमा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा खजुरा गाउँपालिका र सहयोगी आवाज (हिभ) नेपालको पनि समन्वय रहने योगिनी युवा क्लबका अध्यक्षप तरिन्द्र थापाले जानकारी दिए ।
सामुदायिकस्तरबाट भलिबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले गौघाट क्षेत्र भलिबल खेलका लागि चर्चित गाउँ भएको बताउँदै, ‘गौघाट क्षेत्रमा फेरि भलिबलको सुरुवात हुन लागेको बताए ।’
प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमान रहेको थापाले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगर २० हजार रुपैयाँसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछ । दोस्रोले भने नगर १० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ ।
खेलमा सर्वोत्कृष्ट खेलाडीका लागि नगद तीन हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । साथै विधागत रुपमा उत्कृष्ट खेलाडीले एक–एक हजार, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रममा उपस्थित बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताका लागि संघ तथा व्यक्तिगत रुपमा साथ, सहयोग र सल्लाह दिने बताए । ठकुरीले भलिबल प्रतियोगिताले निरन्तरता पाउनेपर्नेमा जोड दिए ।
‘पहिलोपटक योगिनी क्लब र रंगशाला मिडियाले भलिबल प्रतियोगिता आयोजना गर्दैछ । बाँकेमा हुने धेरै प्रतियोगिताले निरन्तरता पाउन सकेका छैनन् । तर, यो भलिबल प्रतियोगिताले निरन्तरता पाओस् । जसको लागि संघ र मेरो तर्फबाट सधैं साथ, सहयोग र सल्लाह मिल्नेछ,’ ठकुरीले भने ।
कार्यक्रममा प्रतियोगिताका संयोजक दिलिप महतरा, चौधरी ग्रुपका प्रतिनिधि उमेश निरौला, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलगायतको उपस्थित रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी