कोहलपुर : बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तीन वटा खेल सम्पन्न भएका छन् । बुधबार सम्पन्न खेलहरुमा युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र यस एक्स्पर्ट क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगन्ज च्याम्पलाई ३४ रनले पराजित गर्यो । युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगन्ज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा नेपालगन्ज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । युभीसीसीको बलिंगमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लय भने बिरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । उसको लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए । नेपालगन्ज च्याम्पको बलिंगमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रबिश वर्मा र ऋतेश कार्कीले समान २ विकेट लिए ।
सो खेलमा प्लेयर अफ द म्याच युभीसीसी नेपालगन्जका सुमन गुरुङ चुनिए ।
यस्तै दोश्रो खेलमा बिबिसीसी किर्तिपुरले राँझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो । राँझाले दिएको ६४ रनको लक्ष्य बिबिसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
बिबिसीसीको लागि सन्दीप कुँवरले सर्वाधिक ३१ रन बनाए जुन क्रममा १० बलमा ५ छक्का हिर्काए । निरज सिंह धामीले १९ रन बनाए ।
यस अघि टस हारेर ब्याटिंग गरेको राँझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो । राँझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बिबिसीसी किर्तिपुरका बलर निरज सिंह धामीले सर्वाधिक ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए ।
यस खेलमा प्लेयर अफ द म्याच बिबिसीसी किर्तिपुरका निरज सिंह धामी चुनिए ।
यस्तै बुधबार भएको तेश्रो खेलमा यस एक्स्पर्ट्सले न्यू रोड–११ लाई १२६ रनले पराजित गर्यो । यस एक्स्पर्टले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यू रोड– ११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । न्यू रोडका लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए । यस एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट, नासिर अन्सारीले २ विकेट तथा सन्दीप खत्री र बिरेन्द्र नाथ योगीले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको एक्स्पर्ट्सले १५ ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो । उसको लागि शुबेन्दु पाण्डेले शतक बनाउने क्रममा ५३ बलमा ११ चौका र ९ छक्का प्रहार गर्दै रन ११७ रन जोड्न सफल भए । बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए ।
न्यू रोड–११ को बलिंगमा क्षितिज मल्लले २ तथा मदन शर्मा र किरन रावलले समान १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बिहिबार क्वार्टरफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा विहान ८ः३० बजे न्यू दर्पण युथ क्लब र कारकाँदो क्रिकेट क्लब, दोश्रो क्वार्टरफाइनलमा बिहान ११ः३० बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र कोहलपुर क्रिकेट एकेडेमी तथा तेश्रो क्वार्टरफाइनलमा बिबि वारियर्स र युभीसीसी कोहलपुरले प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वार्टरफाइनल खेल शुक्रबार विहान बिबिसीसी किर्तिपुर र सम्झना स्पोर्ट्स क्लब बीच खेलिनेछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी