अमेरिकी संसदमा भएको हिंसाको घटनामा विश्वका नेताले यस्तो भने


अमेरिकी संसदमा भएको हिंसाको घटनामा विश्वका नेताले यस्तो भने

नेपालगन्ज : अमेरिकी संसदमा गएराति भएको तोडफोड र हिंसाको घटनाले यतिबेला विश्वको ध्यान अमेरिका प्रति केन्द्रित भएकोछ ।

गएराति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद सत्र चलिरहेको बेला संसद भवन क्यापिटल बिल्डिङ भित्रै पसेर तोडफोड र हमला गरेका थिए ।

अमेरिकी संसदमा भएको आक्रमण र तोड्फोड घटनामा मृत्यु हुनेको संख्या चार पुगको छ । वासिङ्टन डीसी प्रहरीका अनुसार थप ५२ जना पक्राउ परेका छन् र रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम समेत बरामद भएको छ ।

यसैबीच अमेरिकी संसदमा भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताएका छन् । भने क्यानेडेली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । हिंसाले जनताको भावनालाई जित्न नसकिने उनको भनाइ छ ।

यसैगरि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण छ’ उनले भनेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको लेखेकी छन् । उनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको लेखेकी छन् ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताएका छन् । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।