विराटनगर: पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले उत्साहजनक विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे ।
यसैसग प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।
नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको थियो । मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे । यद्यपी, नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन ।
सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।
खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो खेल बुधबार भारत र माल्दिभ्सबीच खेल हुनेछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा