नेपालगन्ज : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।
शाहीको आईतबार राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए ।
उनको दैलेखमा आज सोमबार दाहसंस्कार गरिनेछ ।
शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए । विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन् ।
नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए ।
राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए । त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने ।
नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निश्क्रिय थिए ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?