माघ १० गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै, ईच्छुकले यसरी नाम दर्ता गरौं


माघ १० गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै, ईच्छुकले यसरी नाम दर्ता गरौं

नेपालगन्ज : तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक ‘स्लो वाईक’ प्रतियोगिता नेपालगन्जमा हुने भएको छ ।

बास नेपालगन्ज र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको सहकार्यमा आगामी माघ १० गते ‘स्लो वाईक’प्रतियोगिता हुने भएको छ ।

तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सीमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले स्लो वाईक प्रतियोगिता गर्न लागिएको हो ।

आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुँजसो दुर्घटनाका घट्ना बढिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण हुने विश्वास लिईएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगिहरुका लागि नाम दर्ता आवेदन खुला गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत समेत फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको छ ।

यसरी प्रतियोगिताका बिजेतालाई नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना एक जनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा मोटरसाईकल र स्कुटर दुई पाङ्ग्रे जुनसुकै मोडलको साधन प्रयोग गर्न सकिने छ भने प्रतियोगिसँग लाईसेन्स र प्रयोग गर्ने मोटरसाईकल कण्डीसनमा रहेको हुनुपर्नेछ ।