आयोजक जयकिसान स्पोर्ट्स ‘ए’ विजयी


आयोजक जयकिसान स्पोर्ट्स ‘ए’ विजयी

नेपालगन्ज ३ माघ : बाँकेको खजुरामा सञ्चालित स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा आयोजक जयकिसान स्पोर्ट्स ‘ए’ विजयी भएको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ले राजापुरलाई ४–० ले हराएको हो ।

जयकिसानका तर्फबाट निरज चौधरीले २२ मिनेटमा पहिलो गरेका थिए । उनको गोलसंगै उत्साहित बनेको जयकिसानका खेलाडी विक्रमसिंह ठकुरीले २७ र ५६ मिनेटमा गरी दुई गोल गरे । उनको दुई गोलले आयोजक जयकिसानले खेलमा अग्रता लिएका थियो ।

आयोजक जयकिसानको खेलका अगाडी दबाबमा परेको राजापुरले गोल गर्न प्रयास गरेपनि खेलको ७० औं मिनेटमा जयकिसानका कृष्ण गुरुङले थप एक गोल गरेर जयकिसानलाई चार गोलको अग्रता दिलाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा मसुरिया क्लाब, धनगढीले रेसिङ साहरा क्लब कोहलपुरलाई २–० ले हरायो । मसुरियाका लागि विवश बोहाराले दुई गोल गरेका थिए ।

बोहराले ६ र ६८ मिनटमा मुसुरियाका लागि गोल गरी खेलमा अग्रता लिएका थिए ।

जय किसानले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।