हिमाल आरोहणमा नेपालीले रचे ईतिहास


हिमाल आरोहणमा नेपालीले रचे ईतिहास

काठमाडौं ४ माघ : दश नेपालीको एक समूहले ईतिहास रचेकाछन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् ।

कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए ।

यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए । तर, यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि उनको मृत्यु भएको थियो ।

सगरमाथाभन्दा केटु २ सय मिटरमात्रै होचो छ । यो कारकोरम पर्वत श्रृङ्खलाको पहाड हो जुन पाकिस्तान–चीनको सीमामा फैलिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिँदै आएको छ । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए र उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए ।

सुरुमा नेपाली पर्वतारोहीको तीनदेखि चार समूह माउन्ट केटूको आरोहणमा निस्किएको थियो । यसमा कूल ६० जना थिए । तर अन्त्यमा १० नेपालीको एक समूह बन्यो र यो ऐतिहासिक उपलब्धि नेपालको नाममा पर्यो ।

यूके स्पेशल बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो आरोहण गरेपछि उत्सव मनाउँदै त्यहाँको तस्बिर साझा गरेका छन् । उनीहरुको यो उपलब्धिको पुष्टि पर्वतारोहणका आयोजक ‘सेभेन समिट ट्रेक’ ले पनि गरेका छन् ।

निर्मल पुर्जाले भने, ‘मानव जातीको यो इतिहासको हिस्सा हुन पाउँदा हामीलाई गर्व छ । यसले यो प्रमाणित हुन्छ कि सँगै मिलेर र एक सकारात्मक मानसिक उद्देश्यसहित सीमालाई तोड्न सकिन्छ । हामीले जे महसुस गर्छौं, त्यो पाउन सकिन्छ ।’

पहिलो पटक सन् १९८७–१९८८ मा केही विन्टर पर्वतारोहीले केटु आरोहण गर्ने कोसिस गरेका थिए तर अहिलेसम्म कुनै पनि पर्वतारोहीले गर्न सकेका थिएनन् ।

चर्चित पर्वतारोही कामी रिता शेर्पाले समाचार एजेन्सी एएफपीसँग भने, ‘दशकौंदेखि नेपालीले विदेशीलाई हिमाल चढ्न मद्दत गर्दै आएका छन् र हामीले जस्तो श्रेय पाउनु पर्ने हो, त्यो पनि पाउँदैनौं ।’

२४ औं पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेका कामी रिता शेर्पाले भने, ‘१० नेपालीले आफ्नो बहादुरी र साहसले केटु आरोहरण गरेर ईतिहास रच्नु एक शानदार कुरा हो ।’