नेपालगन्ज ३ माघ : बाँकेमा जारी स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा साहरा एफसि, लखनउ र एसएसएफए, दाङ पुगेका छन् ।
खजुरामा आईतबार भएको खेलमा साहराले धम्बोझी क्लब र एसएसएफएले साहरा एकेडेमीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
जयकिसान स्पोर्ट्स क्लबले सञ्चालन गरेको प्रतियोगिता अन्र्तगत आईतबारको पहिलो खेलमा साहरा एफसि लखनउले धम्बोझीलाई टाइबेकरमा ४–२ गोल अन्तरले हरायो ।
खेलमा दुवै समूहबाट १–१ गोल भएपछि प्रतियोगिता टाइबेकरमा गएको हो । खेलमा साहराका तर्फबाट मोन्टी राजले २९ मिनेटमा गोल गरेका थिए भने ७५ मिनेटमा धम्बोझीले पाएको पेलान्टी सुटआउटलाई राजेन्द्र रावलले गोलमा परिणत गरे ।
बराबरी भएपछि टाइबेकरमा धम्बोझीका दुई खेलाडीले गोल हान्न नसकेपछि साहराले अग्रता लिँयौ ।
टाइबेकरमा साहराका तर्फबाट सनवल राज, सन्जय सिंह, कमल थापा र जावेद खानले गोल गरे भने धम्बोझीका लागि मनिष पौडेल र राजेन्द्र रावलले गोल गरे ।
त्यसैगरी दोस्रो खेलमा एसएसएफएले साहरा एकेडेमीलाई २–१ गलले हरायो ।
एसएसएफएका लागि ६ मिनेटमा सुरज डाँगीले पहिलो गोल गरेका थिए । भने ७४ मिनेटमा थप १ गोल गर्दै अनिल केसीले साहरा एकेडेमीविरुद्धको खेल जिताए ।
साहरा एकेडेमीका लागि रोहित कुमारले १३ मिनेटमा एक गोल गरेका थिए ।
प्रतियोगिता अन्र्तगत सोमबार हुने क्वाटरफाइनल संस्करणको अन्तिम खेलमा जयकिसान क्लब ‘ए’ र गुर्भाकोट क्लब सुर्खेत भिड्नेछन् ।
जय किसानले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका थिए ।
नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।
मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी