उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी भिड्ने


उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी भिड्ने

नेपालगन्ज ७ माघ : आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

जयकिसान स्पोटर््स क्लबको आयोजनामा बाँकेमा सञ्चालित स्वर्गीय स्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।

जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।