बास/हिरो स्लो वाइक प्रतियोगिता माघ ८ गते गरिदैं


बास/हिरो स्लो वाइक प्रतियोगिता माघ ८ गते गरिदैं

नेपालगन्ज ७ माघ : बास र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको आयोजनामा यसअघि माघ १० गते तय भएको स्लो वाईक प्रतियोगिता प्राविधिक कारणले दुई दिन अगाडी गरिदैँछ ।

आयोजकका अनुसार प्रतियोगिता नेपालगन्ज न्यूरोड स्थित बौद्धगुम्बा अगाडी (भोली) माघ ८ गते बिहान ७ बजेबाट गर्ने तय भएकोछ ।

यसैगरी स्लो वाईक प्रतियोगिताको मूख्य प्रायोजन एमएस ट्रेड इन्टरनेशनल (हिरो शो रुम) नेपालगन्जले गर्ने भएकोछ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम बास/हिरो स्लो बाईक प्रतियोगिता नामाकरण गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजनका लागि बासका तर्फबाट केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र एमएस ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रबन्ध निर्देशक माधव अर्यालबिच बुधबार सम्झौता आदान प्रदान समेत भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता गरिन लागिएको हो । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले बास÷हिरो स्लो बाईक प्रतियोगिता गर्न थालिएको छ । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा प्रतियोगिताले जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउने छ ।

प्रतियोगिताका बिजेतालाई नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना एक जनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा मोटरसाईकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिने छ भने प्रतियोगिसँग लाईसेन्स र प्रयोग गर्ने मोटरसाईकल कण्डीसनमा रहेको हुनुपर्नेछ ।

प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत समेत फर्म भर्न सक्ने ब्यवस्था गरिएको थियो । जसका लागि बास केन्द्रीय कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा गई नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको थियो । बासका निर्देशक शाहका अनुसार बुधबार बेलुकासम्म प्रतियोगिताका लागि ५५ जना बढिले आफ्नो नाम दर्ता गराएकाछन् ।

यद्यपी आयोजकले प्रतियोगिता शुरुहुनु अगाडीसम्म नाम दर्ता गर्ने जनाएकोछ । प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको रहेको छ ।