सक्सेस फोरमद्वारा स्लो बाइक प्रतियोगिताको आयोजना


सक्सेस फोरमद्वारा स्लो बाइक प्रतियोगिताको आयोजना

नेपालगन्ज ८ माघ : सक्सेस फोरम नेपालगन्जले विगतका वर्ष झैं यस वर्ष पनि स्लो बाईक प्रतियोगिता गर्ने भएकोछ । प्राविधिक कारण निरन्तरतामा केही कठिनाई भएको उक्त प्रतियोगिता यस वर्ष पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।

सक्सेस फोरमले तिव्र गतीमा सवारी साधन चलाउनलाई निरुत्साहित र ट्राफिक नियमको पालनाका लागि प्रोत्साहन गराउन प्रतियोगिताको छैठौँ श्रृंखला आयोजना गर्न लागेको छ ।

सडक दुर्घटना र दुर्घटनाबाट घाइतेका साथै ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको अवस्थामा सडक दुर्घटना न्यूनिकरण तथा आम सर्वसाधरणसगैं सवारी चालकलाई सचेत पार्न उक्त प्रतियोगिता गरिन लागेको आयोजकले जनाएकोछ ।

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गरि तिब्र गतिमा मोटरसाइकल नहाक्न र ट्राफिक नियमको पालना गर्न सबैलाई सकारात्मक संदेश दिने उद्देश्यले भोलि माघ ९ गते शुक्रबार प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताका लागि हालसम्म ४० बढि सहभागीले आफ्नो नाम दर्ता गराई सकेको संस्थाका कार्यक्रम संयोजक रबिन शर्माले जानकारी दिए । उक्त प्रतियोगिताका लागि विद्यार्थी, पत्रकार विभिन्न पेशा तथा ब्यवसाय गर्नेले आफ्नो नाम दर्ता गराएको आयोजकले जनाएकोछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा उक्त प्रतियोगिताको समापनमा ट्राफिक नियम सम्बन्धी जानकारी गराइने आयोजकको योजना रहेकोछ । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन सवारी चालक अनुमति पत्र भएका जोकोहीले ३ सय रुपैयाँमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार एक सय, दोस्रो हुनेलाई ५ हजार एक सय, तेस्रो हुनेलाई ३ हजार एक सय र सान्त्वनालाई २ हजार एक सय रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।

निश्चित दूरी सबैभन्दा बढि समय लगाएर पुरा गर्ने ब्यक्ति नै विजयी हुनेछन् । प्रतियोगितामा खुट्टा नटेकि सूचारु रुपमा मोटरसाइकल चलाउनु पर्ने, दुई पाङ्ग्रे मोटरसाईकल चालकले मात्र भाग लिन पाउने, इन्डिकेटरसहित सही अवस्थामा रहेको मोटर साईकलले भाग लिन पाउने लगायतका नियमहरू तय गरिएका छन् ।