आयोजक जयकिसानले उपाधि चुम्यो


आयोजक जयकिसानले उपाधि चुम्यो

नेपालगन्ज ९ माघः जयकिसान स्पोर्ट्स क्बलको आयोजना सञ्चालित स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोटर््स क्लब ‘ए’ ले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा मसुरिया फुटबल एकेडेमीलाई २–० ले हराउँदै जयकिसनले उपाधि उचालेको हो ।

उपाधिका लागि जयकिसान स्पोटर््स क्लबका खेलाडी बिक्रमसिंह ठकुरीले दुई गोल गरे उनले खेलको ३७ र ५९ मिनेटमा गोल गरेका हुन् ।

उपाधि उचालेको जयकिसानले नगद एकलाख पाँच हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यसैगरी उपविजेता बनेको मसुरिया एकेडेमीले नगद ५५ हजार रुपैयाँ पायो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगितामा विधागत उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा मसुरिया एकेडेमीका दिवस बोहोरा सम्मानित भए ।

त्यसैगरी उत्कृष्ठ गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता पनि जयकिसानका बिक्रमसिंह ठकुरी बने ।

खेलाडी तथा टिमलाई लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’, बाँके बर्दिया मैत्री समाजका संरक्षक दीपक शाही एवम् क्लबका अध्यक्ष दीपु रानालगायतले सम्मान गरेका थिए ।

मैटहवा माविको फुटबल मैदान सम्पन्न भएको प्रतियोगिता भारतीय दुई टिमसहित १७ फुटबल टिमले सहभागिता जनाएको थिए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन रहेको थियो ।