सक्सेस स्लो बाईकको उपाधी आशिष श्रेष्ठलाई


सक्सेस स्लो बाईकको उपाधी आशिष श्रेष्ठलाई

नेपालगन्ज ९ माघ : छैठौं सक्सेस स्लो बाइक प्रतियोगिताको उपाधी आशिष श्रेष्ठले हात पारेका छन् । तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गरेर दुर्घटनालाई न्यूनिकरण उद्देश्यले शुक्रबार नेपालगन्जमा आयोजना गरिएको उक्त प्रतियोगिताको उपाधी श्रेष्ठले हात पारेका हुन् ।

सक्सेस फोरम, नेपालगन्जको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको सो प्रतियोगितामा रितेस मल्ल द्वितीय, सन्दीप यादव तृतिय भएका छन् भने राजु नागले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा अम्बिका काफ्लेलाई उत्कृष्ट महिला चालक घोषित गरिएको छ । विजयीहरु क्रमश १० हजार एक सय, ५ हजार एक सय, ३ हजार एक सय र २ हजार एक सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

ट्राफिक नियममा रहेर सावधानी पुर्वक मध्यम गतिमा सवारी साधन चलाउने सन्देश प्रवाह गर्न आयोजना गरिएको उक्त प्रतियोगिताका विजयीहरुले बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुरस्कार प्रदान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले पछिल्लो समयमा तिव्र गतिका कारण दुर्घटनाहरु अत्याधिक बढेको हुँदा यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालना र तिव्र गतिमा सवारी साधन चलाउन नहुने सन्देश दिने बताए ।

आयोजक सक्सेस फोरमका संस्थापक अध्यक्ष सीता बोहराले दुर्घटना न्यूूनिकरणमा सहयोग पुरयाउने उद्देश्यले आफुहरुले विगत ६ वर्षदेखि यो कार्यक्रम हरेक वर्ष गरिरहेको जानकारी दिइन् ।

२०६८ सालबाट यो प्रतियोगिताको शुरुवात गरेर हालसम्म हरेक वर्ष गरिरहेको सक्सेस फोरमका अध्यक्ष सुर्यमणि पौडेलले जानकारी दिए । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि संस्थाकी सह सचिव तुल्सा पन्थीले प्रकास पारेकी थिईन भने सञ्चालन महासचिव बामदेव पोख्रेलले गरेका थिए । प्रतियोगितामा १०५ जना युवाहरूको सहभागीता रहेको आयोजक जनाएको छ ।