राजनीतिक सकारात्मकः निर्वाचन आयोग
तस्विर : दीपक शर्मा /सेतोखरी
बर्दिया १० माघ : संसद विघटनपछि आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनका लागि यतिबेला बर्दियामा तयारी कार्य अघि बढेकोछ । जिल्ला निर्वाचन कार्यालय बर्दियाले निर्वाचन सम्बन्धि गतिविधि अगाडी बढाएसंगै यतिबेला बर्दिया निर्वाचमा जुटेको हो ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख बुद्धिबहादुर खत्रीका अनुसार २०७४ सालमा भएको निर्वाचन भन्दा आगामी निर्वाचनमा करिब २३ हजार नयाँ मतदाता थपिएका छन् । २०७४ सालमा भएको संघीय निर्वाचनमा २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेकोमा मतदाता बृद्धि भइ यसपटक २ लाख ९५ हजार ५ सय ६ पुगेको हो । जम्मा मतदाता मध्ये केहि कम हुने निर्वाचन आयोगले जनाएकोछ । मृत्यु, बसाई सराई तथा नागरिकता त्याग गरेकाको नामावली हटाइने भएको हो ।
निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखि नै फाटोसहितको मतदाता नामावली संकलन रोकेको निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारीमा आफ्नो कार्यलाई तिब्रता दिएकोछ ।
निर्वाचन सम्बन्धि गतिविधिहरु जारी रहेको र निर्वाचनको तयारीका लागी सरोकारवालाहरुसंग छलफललाई तिव्रता दिएको छ । निर्वाचन आयोगले जिल्लाका विभिन्न राजनितिक दल तथा सम्बद्ध सरोकारवालाहरुसंग छलफल सम्पन्न गरिसकेकोछ ।
जिल्लामा माघ १५ गते देखि २१ गतेसम्म आठ वटै स्थानीय तहको कार्यालयमा दावि विरोधको समय राखिएको बताइएको छ । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने लगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी राजेशकुमार यादवले बताए ।
यस्तै जिल्लामा मतदान केन्द्र २८ वटा थप हुन सक्ने यादवले बताए । २०७४ सालमा भएको निर्वाचनमा बर्दिया जिल्लामा ३ सय २९ वटा मतदान केन्द्र रहेका थिए ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही