योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन


योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन

सम्झौतापत्र आदानप्रदान गर्दै योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापा र रक्षक सेक्युरिटिज प्रालिका अधिकृत गणेश राई ।

नेपालगन्ज १६ माघः प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रक्षक सेक्युरिटिज प्रालिले प्रायोजन गर्ने भएको छ । योगिनी युवा क्लबको आयोजनामा आगामी माघ २२ गतेदेखी शुरु हुन लागेको प्रतियोगिताको लागि रक्षक सेक्युरिटिजले सर्वोत्कृष्ट खेलाडीलाई प्रायोजन गर्ने भएको हो ।

एक कार्यक्रमका बिच आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापा र रक्षक सेक्युरिटिज प्रालिका अधिकृत गणेश बहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अधिकृत राईले ग्रामीण स्थानमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘योगिनी कप भलिबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा हामी उत्साही छौं । हाम्रो सहयोगले प्रतियोगिताको स्तर बृद्धि हुनेमा हामी विश्वस्त छौं । यसले नेपाली भलिबलको स्तर बृद्धिमा सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रायोजन गरेको अधिकृत राईले जानकारी गराए । उनले थपे, ‘हामी खुसी छौं भलिबल प्रतियोगितालाई सहयोग गर्दा । सामाजिक क्षेत्रमा रक्षकले विभिन्न काम गर्दै आएको छ । यसपटक भलिबललाई गरिएको हो । सहयोगले प्रतियोगिताको स्तर बढने हामीले विश्वास लिएका छौं ।’ प्रतियोगितालाई न्यू एभरेष्ट डिस्टिलरीले सह–प्रायोजन गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

योगिनी युवा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरी १२ टिमको सहभागिता रहने आयोजकले बताएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुने प्रतियोगिताका प्राविधिक संयोजक प्रकाश शर्माले बताए । प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ ।

आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले सर्वोत्कृष्ट खेलाडी विधा प्रायोजन गरेकोमा रक्षक सेक्युरिटिज प्रालि परिवारलाई धन्यवाद दिए । उनले भने, ‘गाउँमा हुन लागेको प्रतियोगितालाई थुप्रै ब्यक्ति र संस्थाले सहयोग गर्नु भएको छ । आज रक्षक सेक्युरिटिज प्रालिले प्रायोजन गर्दा हामी थप उत्साहीका छौं । त्यसका लागी रक्षक कम्पनी प्रति हामी आभारी छौं ।’

बाँकेमा खेलकुद तथा सामाजिक कार्यमा सक्रिय क्लब हो योगिनी युवा क्लब । जसले युवाहरुलाई खेलकुदका माध्यमबाट सकारात्मक कार्यमा लगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्ने गरेको अध्यक्ष थापाले बताए ।