उद्घाटनमा मुस्कान, ध्रुवतारा र भानु विजयी


उद्घाटनमा मुस्कान, ध्रुवतारा र भानु विजयी

नेपालगन्ज २२ माघ : प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोर्डिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन् ।

खजुरा गाउँपालिका वडा नम्बर–२ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा क्लबलाई पराजित गरेको छ ।
यस्तै भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई हरायो । यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाईले पराजित गरेको छ ।

रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन् । बिहिबार एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताले खजुरा क्षेत्रमा भलिबलको विकासमा महत्वपुर्ण योगदान गर्ने अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । माघको २४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आयोजक क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सञ्जय स्मृति प्रतिष्ठानले प्रायोजन गरेको प्रतियोगितामा न्यु एभरेष्ट डिस्लरीले सह प्रायोजन गरेको छ । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।