नेपालगन्ज २३ माघ : योगिनी युवा क्लबले आयोजना गरेको प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगितामा एफसी स्टार, धु्रवतारा बोडिङ स्कुल र न्यू जागृती युवा क्लबले जित हाँसिल गरेका छन् ।
शुक्रबार खजुरा गाउँपालिका–३, गौघाटमा भएको खेलमा एफसी स्टारले हिमालयन सामुदायिक क्लबलाई २६–२४, २५–१६,१९–२५ र २५–१० ले हरायो ।
अर्को खेलमा धु्रवताराले चन्द्रज्योति युवा क्लबलाई २५–१९, २५–१५,१७–२५ र २५–१३ ले पराजित गरेको छ । न्यू जागृति युवा क्लबले भानुमाविलाई २५–२१, २५–२२ र २५–२० मा हरायो ।
यसैगरी शुक्रबार भएको भेरी प्राविधिक शिक्षालय र मुस्कान युवा क्लबबिचको अन्तिम खेल प्राविधिक कारणले स्थगित भएको छ । प्रतियोगिताको बाँकी खेल र फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन् ।
प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष तरिन्द्रबहादुर थापाले बताए ।
संजय स्मृति प्रतिष्ठानले प्रायोजन गरेको प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरीले सह प्रायोजन गरेको छ । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दीलिप महताराले बताए ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन