प्रकृति थापा
नेपालगन्ज २४ माघ : खजुरा गाउँपालिका वडा नम्बर –२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसि स्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोर्डिङ स्कुललाई हराउँदै एफसिले उपाधि उचालेको हो ।
फाइनलमा एफसिले धु्रवतरालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो । एफसि र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसिविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएतापनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो ।
विजेता बनेको एफसिले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
साथै खेलमा बेष्ट ब्लकर एफसिका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसिका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतीका किरण बुढाथोकी र बेष्ट सेटर एफसिका भरत विक भए ।
सेमिफाइनलमा एफसिले न्यू जागृति युवा क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने ध्रुवताराले मुस्काल क्लबलाई अहराएको थियो । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितमा संजय स्मृति प्रतिष्ठानको प्रायोजन र न्यू एभरेष्ट डिस्लरीले सह– प्रायोजन गरेको थियो । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी