प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः आधुनिक–११ गीतानगर विजयी


प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः आधुनिक–११ गीतानगर विजयी

चितवन २८ माघ : चितवन क्रिकेट संघको आयोजनामा जारी १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तरगत आज (बुधबार)बार भएको खेलमा आधुनिक ११ गीतानगर विजयी भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको खेलमा आधुनिक–११ गीतानगरले भरतपुर क्रिकेट क्लवलाई ३ विकेटले पराजित गरेको हो ।

गीतानगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको भरतपुर १७.४ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । भरतपुरका लागि सुर्वन भट्टले ११, सोनु तामाङले १० र संघर्ष पौडेलले ९ रन मात्रै जोड्न सक्यो । भरतपुरलाई सस्तैमा समेट्न आधुनिक ११ गीतानगरका विपिन खत्रीले ८.३ ओभरमा १८ रन खर्चिदै ६ विकेट लिए भने कप्तान किशोर महतोले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए ।

५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आधूनिक ११ पनि संघर्षपूर्ण रुपमा ३ विकेटको जित निकाल्न सफल भयो । गीतानगरले १३.३ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाउँदै जित हासिल ग¥यो । उसका लागि विपिन खत्रीले सर्वाधिक अविजित ११ रन बनाए । गीतानगरलाई दवाबमा राख्दा भरतपुरका कप्तान संघर्ष पौडेलले ५.१ ओभरमा १७ रन खर्चिदै ५ विकेट लिए भने किर्जन गुरुङले ६ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) समूह ‘ए’ अन्तरगत चितवन क्रिकेट क्लव र मुनस्टोन क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट संघका उपाध्यक्ष सुदीप पियाले जानकारी दिए ।

एकदिवसीय (५० ओभर) विधामा शुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र आधूनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरि लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने छ ।

समूह ‘ए’ मा चितवन क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर र बेलचोक क्रिकेट क्लव भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधूनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लव रहेका छन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।