भुरीगाउँ (बर्दिया) २९ माघः गोरखाका राजा राम शाह न्याय निसाफका लागि निकै कहलिएका राजा थिए । उतिबेला उनले बनाएको कथन थियो ‘न्याय नपाए गोरखा जानु’ । तर, यतिबेला न्यायिक प्रक्रियामाथि प्रश्न उठ्दै गर्दा बर्दिया भुरीगाउँका विद्यार्थीले ‘न्याय खोज्न गोरखा जाउँ की स्वर्ग’ भन्दै प्रर्दशन गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न जिल्लामा बालिका बलात्कार र हत्याका घटना सार्वजनिक भइरहेका बेला बर्दिया भुरीगाउँका स्कुले बालबालिकाले नेपालको न्यायलयप्रति प्रश्न उठाउँदै यसरी विरोध प्रर्दशन गरेका हुन् ।
बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षिय भागिरथी भट्टको बलात्कारपछि निर्मतापूर्वक हत्या भएको दुई हप्ता वितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेको भन्दै भुरीगाउँका स्कुले बालबालिकाले बिहीबार न्याय माग्दै विरोध प्रदर्शन गरे ।
बालिकादेखि बृद्धासम्मको बलात्कारका घटनाले मुलुकभरका बालिकादेखि वृद्धासम्मलाई असुरक्षित महसुस गराएको भन्दै उनीहरुले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।
देशभरका बलात्कारजन्य घटनाको गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याउदै ‘न्याय खोज्न कहाँ जाउँ गोरखा जाउँ की स्वर्ग जाउँ’ भन्दै भुरीगाँउका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले प्रर्दशन गरेका थिए ।

‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार’, ‘महिला हिंसा अन्त्य गर’, ‘बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म’, ‘बलात्कारीलाई फाँसी दे, संविधानमा टाँसिदे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित स्कुले विद्यार्थी तथा युवाले भुरीगाउँमा प्रदर्शन गर्दै बालिका सुरक्षाको प्रत्याभूतिका साथै संवेदनशील हुन सरकारको ध्यानाकार्षण गराएका हुन् ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिनापछि बैतडीमा त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ । अहिलेसम्म पनि निर्मलाका हत्यारा को हुन् भनेर पत्ता लागेको छैन । प्रहरीलाई निर्मला बलात्कारपछि हत्या प्रकरण सबैभन्दा टाउको दुखाइको विषय बनेको छ । अझै पनि भित्रभित्रै अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

उनीहरुले हत्यारामाथि कडा कारबाहीको माग गर्दै प्रहरी अनुसन्धान चाँडो टुंग्याउन समेत माग गरेका छन् । प्रहरीले हत्यारा पक्राउ नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
भागरथी हत्या प्रकरणमा पनि हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग उठिरहेको छ । यद्यपि सरकारी पक्षले भागरथी प्रकरणबारे अहिलेसम्म मुख खोलेको छैन ।

घटना घटेको दुई हप्ता वितिसक्दा पनि प्रहरीले हत्याराको सुइँको नपाएपछि ‘निर्मला प्रकरण नदोहोरियोस्’ भन्दै विरोधमा उत्रिनु परेको विकास प्रेमी युवा समुह ठाकुरबाबा नगर कमिटीका अध्यक्ष गोपाल निरौलाले बताए ।
सो अवसरमा विद्यार्थीले भागिरथी र निर्मलाको न्याय र आत्मा शान्तिको कामनाका लागि द्विप प्रज्वलन समेत गरेका छन् ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?