फागुन २१ देखि सातौं पिएम कप भलिबल प्रतियोगिता


फागुन २१ देखि सातौं पिएम कप भलिबल प्रतियोगिता

नेपालगन्ज ४ फागुन : सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फाल्गुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी नमुनाले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त मिति घोषणा गरेका हुन् ।

नेपालगन्जको रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भव्य र सभ्य बनाउने मूल आयोजक समितिका संयोजक केसीले बताइन् । उनले पुरस्कार राशीसमेत बृद्धि गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्दै लगेको बताइन् । संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको ऐक्यवद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेल्वे इण्डिया, पाँचौमा एपीएफ र छैठौँमा पुलिस क्लब विजयी भएका थिए ।
विगतमा जसरी यसपाली पनि भारत र बंगलादेशका क्लबलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको छ ।

संघका अध्यक्ष ठकुरीका अनुसार यसपटक पनि तीन विभागिय टिमसहित ६ वटा टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, न्यू डायमण्ड एकेडेमी, आयोजक टिम र एक विदेशी टिमको सहभागितामा प्रतिस्प्रर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको रहेको थियो ।