बर्दिया ४ फागुन : बर्दियामा जनप्रतिनिधीले दोहोरो सुविधा लिएको रहस्य बाहिरिएको छ । बढैयाताल गाउँपालिका, बर्दियाका तीन जना जनप्रतिनिधीले दोहोरो सुविधा लिएका हुन् । गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका कमला गुरुङ, आरती भट्टराई र चन्द्रा विकले दोहोरो सुविधा लिएको पाइएको हो ।
यी तिनै जना जननिर्वाचित हुन् । जसमध्ये २ जना कार्यपालिकाका सदस्य समेत रहेका छन् । तीनै जना सामुदायिक स्वास्थ्य स्वयसेविका पनि हुन । कार्यपालिकाको बैठक होस् वा पालिकाको अन्य कुनै बैठकमा भत्ता बुझ्दै आएका छन् । भने सामुदायिक स्वास्थ्य स्वंयसेविकाको रुपमा पनि पाउनु पर्ने सेवा सुविधा खुलेयाम लिइरहेका छन् ।
कमला गुरुङ वडा नम्बर ४ बाट बढैयाताल गाउँपालिकाको न्यायिक समितिका सदस्य हुन् । आरती भट्टराई वडा नम्बर– ७ र चन्द्रा विक वडा नम्बर–३ बाट निर्वाचित वडा सदस्य हुन् ।
कार्यपालिकाको सदस्य समेत रहेका तीनै जना गाउँपालिकामा हुने स्वास्थ्य गतिविधिसगैं स्वास्थ्य स्वयसेविकाले पाउने सेवा सुविधा लिइरहेको भएपनि गाउँपालिका भने बेखबर बनेकोछ । जनप्रतिनिधि हुनु पूर्व स्वास्थ्य स्वयसेविका रहेका तीनै जनाले आफु निर्वाचित भएपनि स्वास्थ्य स्वयमसेविकाबाट राजीनामा समेत दिएका छैनन् ।
जनप्रतिनिधीले दोहोरो सुविधा लिएपछि यतिबेला बढैयाताल गाउँपालिका स्थानीयबासी आक्रोसित बनेकाछन् । स्थानीयका अनुसार यी तीनै जनाले दोहोरो सुविधा लिदा सम्म गाउँपालिकाले चासो नदेखाएको बताएका छन् ।
यता बढैया गाउँपालिकाकी उपाध्याक्ष दीपाकुमारी गौतमले निर्वाचनका बेला उनीहरुले राजिनामा दिएपनि स्वीकृती नभएको बताइन् ।
उनले भनिन्–निर्वाचनका बेला दिइएको राजिनामा स्वीकृत नभएकै कारण उनीहरुले दोहोरो सुविधा लिइरहेको स्वीकार गर्दै यस विषयमा चाडै निर्णय गर्दै दोहोरो सुविधा कटौति गर्ने बताईन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?