नेपालगन्ज ५ फागुन : राप्रपाका नेपालगन्ज नगर कमिटि सचिव दीपक श्रेष्ठ(बब्बे)को निधन भएको छ ।
राप्रपाका नेता ऋषिराज देवकोटाका अनुसार मस्तिष्कघात भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।
केही दिन अघि मस्तिष्कघात भएका श्रेष्ठको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको थियो । नेता देवकोटाले भने –‘उपचारकै क्रममा बुधबार विहान ७ बजे निधन भयो ।’
उनको निधनले राप्रपालाई ठूलो क्षती पुगेको देबकोटाले बताएकाछन् ।
श्रेष्ठ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाका स्वकीय सचिव हुन् । उनी टेविलटेनिसका राष्ट्रिय खेलाडी समेत हुन् ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकामा श्रेष्ठको निधनमा शोकसभा गरिएकोछ ।
नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, जनप्रतिनिधि, कर्माचारि लगायतको उपस्थितीमा शोकसभा गरिएको हो । शोकसभासंगै आज उपमहानगरपालिका तथा वडाका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल