राप्रपा नगर कमिटि सचिव श्रेष्ठको निधन


राप्रपा नगर कमिटि सचिव श्रेष्ठको निधन

नेपालगन्ज ५ फागुन : राप्रपाका नेपालगन्ज नगर कमिटि सचिव दीपक श्रेष्ठ(बब्बे)को निधन भएको छ ।

राप्रपाका नेता ऋषिराज देवकोटाका अनुसार मस्तिष्कघात भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

केही दिन अघि मस्तिष्कघात भएका श्रेष्ठको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको थियो । नेता देवकोटाले भने –‘उपचारकै क्रममा बुधबार विहान ७ बजे निधन भयो ।’

उनको निधनले राप्रपालाई ठूलो क्षती पुगेको देबकोटाले बताएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

श्रेष्ठ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाका स्वकीय सचिव हुन् । उनी टेविलटेनिसका राष्ट्रिय खेलाडी समेत हुन् ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकामा श्रेष्ठको निधनमा शोकसभा गरिएकोछ ।

नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, जनप्रतिनिधि, कर्माचारि लगायतको उपस्थितीमा शोकसभा गरिएको हो । शोकसभासंगै आज उपमहानगरपालिका तथा वडाका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएकोछ ।