पिएम कपः तयारी पुरा, विजेताले पाँच लाख पाउने


पिएम कपः तयारी पुरा, विजेताले पाँच लाख पाउने

नेपालगन्ज २० फागुनः प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकोछ ।

प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

बाँकेको नेपालगन्जमा भोली २१ गतेदेखि सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता मुल समारोह समिति संयोजक तथा प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ले बताइन् ।

नमुनाले जिल्लाको ईज्जत जोडिएको प्रतियोगिता भएकाले सवैले मिलेर सहयोग गर्नुपर्नेमा जोड दिइन ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेका सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित प्रतियोगिता हुँदै आएकोमा गतवर्षदेखि प्रतियोगिताको नेतृत्व महिलाबाटै हुन लागेको हो ।

उनकाअनुसार फागुन २५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि प्रतियोगितामा सहभागि हुन तीन विभागीय टिमसहित पाँच महिला टिमले प्रतिस्प्रधा गर्नेछ ।

शुक्रबार दिउँसो एक बजे नेपालगन्ज रङ्गशाला स्थित कर्भड हलमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले भब्य समारोहकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछन् ।

प्रतियोगितामा नेपालसँगै भारत र बंगलादेशका शीर्ष क्लवका खेलाडी सहभागी हुने यसअघि आयोजकले जनाएको थियो । तर, विश्वव्यापी आक्रान्त बनाएको कोरोना भाइरसका कारण भारत र बंगलादेशका खेलीडी गतवर्ष झैं यसवर्ष सहभागिता नजनाउने आयोजकले बताएको छ ।

सातौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, उपविजेतालाई दुई लाख, तृतीय हुने टिमलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी दिने घोषणा गरिएको छ । गत वर्ष विजेताले २ लाख रुपैयाँ हात पारेको थियो । उक्त प्रतियोगीता २०७० देखि नेपालगन्जबाट शुरूवात गरिएको हो ।

बाँके जिल्लाले प्रधानमन्त्री पाउँदा थालिएको प्रतियोगिता हुनुका साथै महिला सशक्तिकरणसंग जोडिएकोले बाँकेका सबै पालिकाका उपप्रमुखहरु गोलबद्ध भएका छन् ।

नेपालगन्जकी उपमेयर उमाथापा मगर, राप्तीसोनारीका उपाध्यक्ष धनकुमारी खत्री, बैजनाथकी शारदा रेग्मी विकले महिला सशक्तिकरणको मुद्दासमेत भएकाले उपप्रमुखहरुको साथ र सहयोग रहेको बताए । यसवर्ष नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी तथा स्थानीय टोली लुम्बिनी युनाईटेडले भाग लिएको बाँके जिल्ला भलिबल संघका अधयक्ष टिएस ठकुरीले बताए ।