सेना दिवसमा ‘रन फर फन’ कार्यक्रम


सेना दिवसमा ‘रन फर फन’ कार्यक्रम

नेपालगन्ज २१ फागुन : सेना दिवसका अवसरमा ‘रन फर फन’ आयोजना गरिने भएकोछ ।

आगामी फागुन २६ गते नेपाली सेना दिवसको अवसर पारेर बाँकेमा दोस्रो नेचर कञ्जरभेषण (रनफरफन) को आयोजना गरिने भएको हो ।

नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाको आयोजनामा बाँके राष्ट्रिय निकुञ्ज परिसर शम्शेरगञ्जमा सो कार्यक्रमको आयोजना गरिने छ ।

सेनाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नंम्बर ४ बाहिनी अड्डका बाहिनीपति तथा सहायक रथी हरेन्द्र पाठकले उक्त कुराको जानकारी दिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नंम्बर ४ बाहिनी अड्डा राँझामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाहिनीपति तथा सहायक रथी पाठकले नेपाली सेना र नागरिकको सम्बन्धमा अझ प्रगाढ बनाउदै संरक्षणमा समेत सहयोग पु¥याउने उद्देश्यले ‘रन फर फन’ कार्यक्रमको आयोजना गर्न लगिएको बताए ।

बाहिनीपति पाठकले दिएको जानकारी अनुसार ‘रन फर फन’ कार्यक्रममा २१ किलोमिटर पुरुष दौड, १० किलोमिटर महिला दौड, ५ किलोमिटर महिला–पुरुष र २५ किलोमिटरको साईक्लिङ्ग प्रतियोगिताको आयोजना गरिने छ ।

यसमा नागरिक, सैनिक जो कोही पनि सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

सैनिक नागरिक सम्बन्धमा सुधार ल्याउन, बाँके राष्ट्रिय निकुञ्जको विकास तथा प्रबद्र्धनमा टेवा पु¥याउनुको साथै शारीरिक तन्दुरुस्तीको लागि प्रतियोगिता आयोजना गरिएको हो ।